पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

परराष्ट्रमन्त्री महरा र आइटिसीका कार्यकारी निर्देशकबीच भेट

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरूबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवद्र्धन लगायतका विषयमा छलफल भयो । 

त्यस अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो । 

कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको बताउँदै उत्पादन, ब्रान्डिङ र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो ।