पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फोरम र संयुक्त माक्र्सवादी एकीकरण

काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त माक्र्सवादी) बीच आज एकीकरण भएको छ । 

आज काठमाडौंमा आयोजित कार्यक्रममा फोरमका अध्यक्ष उपेन्द्र यादव र माक्र्सवादीका महासचिव प्रकाश अधिकारीले दुवै पार्टी अब एक भएको घोषणा गर्नुभयो । 

कार्यक्रममा फोरम अध्यक्ष यादवले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन दुवै अतिवादी शक्तिका रुपमा विकास हुने सम्भावनाबीच आफ्नो पार्टीले मध्यममार्गी धारको नेतृत्व गर्ने बताउनुभयो ।