पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए एफ सी फुटसलका लागि नेपाली टोली इरान प्रस्थान

काठमाडौं । नेपाली राष्ट्रिय फुटसल टोली ए एफ सी फुटसल प्रतियोगितामा सहभागी हुन बिहीबार ईरान प्रस्थान गरेको छ ।

ए एफ सी फुटसल प्रतियोगिता यही असोज २९ गतेदेखि ईरानको टिबरिजमा शुरु हुँदैछ ।

यस दक्षिण र मध्ये क्षेत्रका टोली सम्मिलित अन्तराष्ट्रिय फुटसलको समूह ए मा रहेको नेपालले किरगिस्तान, उज्वेकिस्तान र तुर्किमिनिस्तानसँग प्रतिस्पर्धा गर्ने छ ।

नेपालले अन्तराष्ट्रिय फुटसल प्रतियोगितामा सहभागिता जनाएको यो नै पहिलो पटक हो ।

प्रतियोगिताको  समूह बी मा ईरान, ताजिकिस्तान र अफ्गानिस्तान रहेका छन् ।

नेपालको पहिलो खेल यही असोज २९ गते उज्वेकिस्तानसँग हुने छ भने दोश्रो खेल असोज ३० गते किरगिस्तानसँग र तेश्रो खेल असोज ३१ गते तुर्किमिनिस्तानसँग हुनेछ ।