पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाल र हङकङबीचको पहिलो खेल भोलि हुँदै

काठमाडौं । आई सी सी विश्वकप लिग क्रिकेट अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेल भोलि हङकङमा हुँदैछ ।

आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र २९ गते दुई वटा खेल खेल्ने छ ।

दुवै खेल हङकङमै हुने छन् ।

आई सी सी विश्वकप लिग क्रिकेट प्रतियोगितामा हङकङको १० खेलबाट १० अङ्क रहेको छ भने समान १० खेलबाट नेपालको ८ अङ्क रहेको छ ।

अन्तिम ४ मा पर्दै विश्वकप छनोटमा स्थान बनाउन नेपलले हङकङलाई जित्नै पर्ने हुन्छ ।

हङकङसँग हुने दुवै खेलमा नेपालका अनुभवी खेलाडी तथा उप कप्तान शरद भेशवाकर खेल्ने छैनन् ।

स्वास्थ्य समस्याका कारण शरद दुवै खेलमा नखेल्ने भएकाले उनको स्थानमा नरेश बहादुर बुढाऐर खेल्ने छन् ।

यस खेलका लागि नरेश बुढाऐर शुक्रबार हङकङ पुग्ने छन् ।

प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि दुई वटा खेल खेल्ने छ ।