पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोलकोतामा कन्टेनर थन्किएपछि व्यावसायी मर्कामा

काठमाडौं । भारतको कोलकोता बन्दरगाहबाट नेपाल भित्रिने कन्टेनर विगत ४ दिनदेखि थन्किएपछि नेपाली व्यवसायीहरु मर्कामा परेका छन । 

भारत तथा तेश्रो मुलुकबाट मालसामान बोकी आएका कन्टेनरलाई वीरगन्जस्थित सुक्खा बन्दरगाहमा आयातित कार्गोमा विलम्ब हुन थालेको भन्दै भारतीय रेल्वेले नेपाली कार्गो असोज २३ गते देखि ८ दिन सम्मका लागि रोक्ने निर्णय गरेका कारण नेपाली व्यवसायी मारमा परेको वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडियाले बताउनुभयो । 

आयातित कन्टेनर रोकिँदा नेपालमा औद्योगिक कच्चा पदार्थको साथै चाडवाडको बेला आयात गरिएको दैनिक आपूर्तिका सामान लत्ताकपडा समेत अलपत्र परेको केडियाले जानकारी दिनुभयो । 

हाल कोलकाता बन्दरगाहमा तेश्रो मुलुक तथा भारतबाट आयात गरिएको १ हजार भन्दा बढी कन्टेनर सामान अलपत्र रहेको र यसबाट व्यवसायीहरुले जरिवाना तिर्नुपर्ने समस्या देखिएको समेत केडियाले बताउनुभयो । 

उत्पन्न समस्या समाधानका लागि सुक्खा बन्दरगाह सञ्चालन गर्ने कम्पनी हिमालय टर्मिनल्स, सुक्खा बन्दरगाह भन्सार कार्यालय र भारतीय पक्षसँग पहल भई रहेको समेत केडियाले बताउनुभयो ।