पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

काँग्रेसद्वारा १७ सदस्यीय संसदीय समिति गठन

काठमाडौं । नेपाली काँग्रेसले १७ सदस्यीय संसदीय समिति गठन गरेको छ । 

सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सहमतिमा समिति गठन भएको काँग्रेस नेता एवं मन्त्री मीन विश्वकर्माले जानकारी दिनुभयो ।  

समितिमा महामन्त्री डा. शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्व महामन्त्रीहरु कृष्णप्रसाद सिटौला र प्रकाशमान सिंह रहनु भएको छ । 

त्यसैगरी नेताहरु रामशरण महत, महेश आचार्य, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, बालकृष्ण खाँण, प्रकाशशरण महत, खुमबहादुर खड्का, पूर्णबहादुर खड्का, अर्जुननरसिंह केसी, चित्रलेखा यादव रहनुभएको छ । 

समितिले पार्टीको तर्फबाट प्रदेश र केन्द्रको उम्मेदवार टुंगो लगाउने छ । 

संसदीय समिति गठन भएलगत्तै बालुवाटारमा आज टिकट वितरणका विषयमा छलफल गर्न समितिको बैठक शुरु भएको छ । 

काँग्रेसले मंसिर १० र २१ गते २ चरणमा सम्पन्न हुने प्रदेशको केन्द्रको निर्वाचनमा पार्टीको तर्फबाट मैदान उतार्ने उम्मेदवारको टुंगो असोज २७ भित्र लगाइसक्ने निर्णय गरेको छ ।