पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राजश्व संकलन वृद्धिका लागि विशेष कार्यनीतिः अर्थमन्त्री कार्की

सुनसरी । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले देश समृद्ध बनाउने मुख्य स्रोत राजश्व भएकाले राजश्व संकलन वृद्धिका लागि मन्त्रालयले विशेष कार्यनीति ल्याएको बताउनुभएको छ । 

अर्थमन्त्री कार्कीले बुधवार सुनसरीको इटहरीमा रहेको राजश्व अनुसन्धान विभागको पूर्वाञ्चल इकाइ कार्यालयको अवलोकन एवं निरीक्षण गर्दै राजश्वको दायरालाई बढाएर आर्थिक वृद्धिमा जोड दिइएकोले राजश्व संकलनको दायरा विस्तार हुने गरी कार्य गर्न कर्मचारीलाई निर्देशन दिनुभयो । 

राजश्व अनुसन्धान विभाग पूर्वाञ्चल इकाई कार्यालयका प्रमुख जयकुमार भण्डारीले भन्सार नाकाहरुमा हुने राजश्व छली रोक्न निगरानी बढाएको बताउनुभयो ।