पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना विश्वकपका लागि छनोट

काठमाडौं । मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिना आखिरमा विश्वकप फुटबलका लागि छनोट हुन सफल भएको छ ।

मंगलबार राति भएको खेलमा इक्वेडोरलाई ३–१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले सन् २०१८ मा रुषमा हुने विश्वकप फुटबलका लागि छनोट हुन सफल भएको थियो ।

सुन्दर ढङ्गले अन्तिम लिग खेलमा विजयी हुँदै अर्जेन्टिनाले आफ्ना करोडौं समर्थकलाई निरास हुनबाट जोगाएको थियो ।

अर्जेन्टिनाले यस खेलमा पराजित भएको भए विश्वकप गुमाउने थियो भने बराबरी भएको भए न्युजिल्याण्डसँग प्ले अफ खेल्ने अन्तिम मौका पाउने थियो ।

विश्वकप फुटबलमा प्रतिस्पर्धा गर्ने ३४ राष्ट्रमध्ये बुधबार सम्ममा २३ राष्ट्र छनोट भइसकेका छन् ।