पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विज्ञान र प्रविधिको विकास विना देशको आर्थिक विकास हुदैन: विज्ञहरु

radionepal

- अजय कुमार झा / रेडियाे नेपाल
जनकपुरधाम । मुलुकमा विज्ञान प्रविधिको समुचित विकास नभएका कारणले मुलुकको आर्थिक विकासले फड्को मार्न नसकेको विज्ञहरुले औल्याउनु भएको छ ।
विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजना र नेपाल विज्ञान प्रविधि प्रज्ञाप्रतिष्ठानको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको सो कार्यक्रममा सहभागि विज्ञहरुले विज्ञान तथा प्रविधिको विकासले नै विश्व अगाडी बढेकाले यस क्षेत्रको विकासका लागि नेपाल सरकारले उचित लगानी गर्नु पर्ने आवश्यकतामा पनि जोड दिनु भयो ।
      कार्यक्रममा वोल्दै विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. संजय शर्माले विज्ञान तथा प्रविधिक क्षेत्रको विकासका लागि नेपाल सरकारले गंभिरता देखाएको कारणले नै अहिले मन्त्रालय रणनीतिक योजना तैयारका लागि क्रियाशील भएको बताउनु भयो । उहाले लामा ेसमयसम्म मुलुकमा रहेको संक्रमणको कारणले विज्ञान प्रविधि संगै मुलुकको थुप्रै क्षेत्रहरु पछाडी परेको बताउदै अव चाडै संक्रमणकालको अन्त्य भएर मुलुकमा सवै क्षेत्रको विकास संगै विज्ञान र प्रविधिको विकासले पनि गति लिने बताउनु भयो ।
     नेपाल विज्ञान प्रविधि तथा प्रज्ञाप्रतिष्ठानका उपकूलपति प्राध्यापक डा. जीवराज पोखरेलले विज्ञान तथा प्रविधिको विकासका लागि नाष्टले मुलुकको सातै वटा प्रदेशमा प्रदेश अनुसारको अनुसन्धान केन्द्र खोल्न थालेको र यसको शुरुआत ७ नम्बर प्रदेशमा जडिवुटीको अनुसन्धान केन्द्र स्थापना गरेर गर्न लागेको बताउनु भयो ।
उहाले विज्ञान तथा प्रविधिको विकासका लागि नेपाल सरकार निक्कै सकारात्मक रहेको बताउदै राजनीतिक अवस्थाका कारणले उचित बजेट प्राप्त नभएपनि अगामी दिनमा उचित बजेट मिल्ने आशा पनि गर्नु भयो ।
    कार्यक्रममा धनुषा जिल्लाका विभिन्न कार्यालयका प्रमुखहरु, विज्ञान विषयका प्राध्यापक, अनुसन्धान कर्ता, माध्यमिक विद्यालयका विज्ञान शिक्षक सहितका विशेषज्ञता हासिल गरेका व्यक्तिहरुको सहभागिता रहेका थिए ।