पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

ए एफ सीका अध्यक्ष सलमान काठमाडौंमा 

काठमाडौं । एशिाली फुटबल महासंघ ए एफ सी का अध्यक्ष सेख सलमान मंगलबार काठमाडौं आउनुभएको छ ।

गत वर्ष ए एफ सी को विशेष साधारण सभाबाट सलमान अध्यक्ष पदमा नियुक्त हुनु भएको थियो । अध्यक्ष नियुक्त भए पछि उनको यो पहिलो नेपाल भ्रमण हो ।

ए एफ सी अध्यक्ष सलमानलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा अखिल नेपाल फुटबल संघका अध्यक्ष नरेन्द्र श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

ए एफ सी अध्यक्ष सलमान र एन्फा अध्यक्ष श्रेष्ठबीच बुधबार छलफल हुने कार्यक्रम रहेको छ ।

ए एफ सी अध्यक्ष सलमानका साथ ए एफ सी का महासचिव डाटो विन्ड्सोर जोन पनि काठमाडौँ आउनुभएको छ ।

एन्फाको विशेष साधारणसभा सोमबार मात्रै सम्पन्न हुनु र करिब १ महिना भित्रै एन्फाको निर्वाचन हुने तय भएको समयमा ए एफ सी अध्यक्ष र महासचिवको काठमाडौं भ्रमणलाई फुटबल क्षेत्रले निकै चासोको विषयमा हेरेको छ ।