पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपाली क्रिकेट टोली हङकङ प्रस्थान 

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आई सी सी विश्व कप लिग क्रिकेट अन्तर्गत हङकङसँग हुने २ वटा खेलका लागि मंगलबार हङकङ प्रस्थान गरेको  छ ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा नेपालले हङकङसँग यही असोज २७ र २९ गते दुई वटा खेल खेल्ने छ ।

आई सी सी विश्व कप लिग क्रिकेट प्रतियोगितामा हङकङको १० खेलबाट १० अङ्क रहेको छ भने समान १० खेलबाट नेपालको ८ अङ्क रहेको छ ।

अन्तिम ४ मा पर्दै विश्व कप छनोटमा स्थान बनाउन नेपलले हङकङलाई पराजित गर्नै पर्ने हुन्छ ।

प्रतियोगिता अन्तर्गत हङकङसँगको खेलपछि नेपालले संयुक्त अरब ईमिरेट्स् यु ए ईसँग पनि २ वटा खेल खेल्ने छ ।