पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

संरचना फेर्न राष्ट्रिय योजना आयोगको प्रस्ताव

काठमाडौं । राष्ट्रिय योजना आयोगले विद्यमान संगठन संरचना फेरी नीति र योजना आयोगको रुपमा विकास गर्न सरकार समक्ष प्रस्ताव पेश गरेको छ ।

मुलुकमा परिवर्तित अवस्थामा दीर्घकालीन योजना तर्जुमा गर्ने, विकास निर्माणको लक्ष्य निर्धारण गर्ने र सरकारलाई नीति निर्माणमा सुुझाव दिने एक शक्तिशाली निकायको रुपमा विकास गर्न आयोगले गठन आदेशको तर्जूमा गरी सरकार समक्ष बुुझाएको हो ।

आयोगले एक उपाध्यक्ष सहित ५ जना सदस्य रहने, विभिन्न ६ वटा क्षेत्र रहने त्यही अनुसार प्रशासनिक र प्राविधिक जनशक्ति व्यवस्था गर्ने गरी परिमार्जित गठन आदेश स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाएको योजना आयोगका सदस्य डा. अरबिन्दकुमार मिश्रले जानकारी दिनुभयो । 

प्रस्तावित गठन आदेशमा यातायात र पूर्वाधार, सामाजिक, जलस्रोत, उर्जा र प्रविधि, समष्ठिगत आर्थिक, शुसाशन तथा समन्वय र कृर्षि, वन, पर्यावरण सहित ६वटा क्षेत्र रहने प्रस्ताव गरिएको छ ।

सरकारी स्रोतको प्रयोग एकरुपता सहित अधिकतम र किफायती गर्ने र दीर्घकालीन नीति निर्माण गर्ने थिङक टयाङको रुपमा काम गर्ने प्रस्ताव गरिएको पनि सदस्य मिश्रले जानकारी दिनुुभयो ।