पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घरको पर्खाल भत्किँदा एकको मृत्यु

 

कलैया, २२ असोज । आफ्नै घरको पर्खालमा च्यापिएर बारामा आज एक जनाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका वडा नं ९ रामपुर निवासी ६५ वर्षीय अहमद अन्सारीको बिहान ७ः१० बजेतिर पर्खालमा च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक भुवनेश्वर साहले जानकारी दिनुभयो । 

आफ्नो पुरानो घरको छत भत्काउने क्रममा पर्खाल भत्किँदा च्यापिएर गम्भीर घाइते भएका अन्सारीको उपचारका क्रममा वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा निधन भएको प्रवक्ता साहले जानकारी दिनुभयो ।