पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मुङग्रो प्रहार गरी पाँच बर्षीय बालकको हत्या


नबराज छत्कुली/रेडियो नेपाल
धादिङ २२ असोज । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दिमा मुङग्रो प्रहारबाट पाँच बर्षीय बालकको हत्या भएको छ । छिमेकी २५ बर्षिय आसमान तामाङले लुगा धुदा प्रयोग गरिने काठको मुङग्रो प्रहार गर्दा साजन तामाङ र राममायाँ तामाङको ५ बर्षिय छोरा विवेक तामाङको मृत्यु भएको हो  
मृतक विवेक तामाङको टाउँको गहिरो चोट लागेको छ । स्थानीयले आसमान तामाङलाई घेरा हाली समातेर राखेका छन् ।घट्ना स्थलमा प्रहरी जादै गरेको ईलाका प्रहरी कार्यलय गजुरीले जानकारी दिएको छ । घट्ना के कारणले घटेको हो भन्ने कुरा प्रहरी अनुसन्धान बाट मात्र खुल्ने भन्दै अहिलनै यसैभन्न सकिने अवस्था नरहेको स्थानीयले बताएका छन् ।