पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेकपा एमाले मकवानपुरद्धारा उम्मेदवारको टुंगो


कृष्ण खनाल/रेडियो नेपाल
मकवानपुर,२२ असोज । नेकपा एमाले मकवानपुले प्रतिनिधि सभा सदस्य र प्रदेशसभा सदस्यका लागि समानुपातिक सदस्यहरुको नाउ सिफारिस गरी केन्द्रीय समितिमा पठाएको छ । 
एमालेले केदार न्यौपाने, जुनेली श्रेष्ठ,श्रीचन्द्र शर्मा, बिष्णु ओझा, गोमा तिमिलसिना, र भोला रुपाखेतीको नाउ प्रनिनिधि सभा सदस्यका लागि सिफारिस गरेको छ भने मुनु सिग्देल,एकलाल श्रेष्ठ,मदुसुदन खतिवडा,गणेश रसाइली,सुन्तली चेपांग,फूर्वा लामा,सर्मिला बिक,राजु नापित, मेनका दाहाल,नरहरी महत लगायतको नाउ प्रदेशसभाको समानुपातिक तर्फका लागि सिफारिस गरिएको नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देलले जानकारी दिनुभयो ।