पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तेह्रथुममा ‘डिजिटल पेमेन्ट’ प्रभावकारी बन्दै

तेह्रथुम । नेपालमा ‘डिजिटल पेमेन्ट’ सेवा प्रदान गर्दै आएको कम्पनी ई–सेवा पहाडी जिल्ला तेह्रथुममा पनि प्रभावकारी बन्दै गएको छ । 

सुरुमा छिटपुट रुपमा मात्रै प्रयोग हुने ई–सेवाको अहिले ग्राहक बढेका छन् । छिटो, छरितो र सरल ढंगले प्रयोग गर्न सकिने यो सेवाप्रति ग्राहकको आकर्षण बढेको हो । 

तेह्रथुमका सदरमुकाम म्याङलुङ, जिरिखिम्ती, वसन्तपुर, लसुने, संक्रान्तिलगायत बजारमा ई–सेवा ‘अनलाइन पेमेन्ट’ सर्वत्र छ । 

तेह्रथुममा यो सेवाबाट प्रति महिना कम्तीमा रु ३० लाखको कारोबार हुने गरेको ई–सेवा जोन रोशन मोबाइल एण्ड गिफ्ट हाउसका प्रोपाइटर रोशन श्रेष्ठले बताउनुभयो ।