पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

डेंगु नियन्त्रणका लागि काम शुरु

धादिङ । जिल्ला अस्पताल धादिङले डेंगु नियन्त्रणका लागि सदरमुकाम आसपासमा भएका पुराना टायर संकलन  र लामखुट्टेले बासस्थान बनाउने स्थानहरु नष्ट गर्न काम शुरु गरेको छ ।

अस्पतालले सयौं पुराना टायरहरु संकलन गरी त्यसलाई उचित व्यवस्थापन गर्न शुरु गरेको छ भने स्थानीयहरुलाई रोगसम्बन्धी सचेतना अभियान अघि बढाइएको छ ।