पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाकिस्तानमा आत्मघाती आक्रमणमा २० को मृत्यु

पाकिस्तान । पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा भएको एक आत्मघाती आक्रमणमा मृत्यु हुनेको सङ्खया २० पुगेको छ । 

आक्रमणका घाइतेमध्ये थप सात जनाको मृत्यु भएपछि आजसम्म  मृतकको संख्या २० पुगेको हो । 

झाल मुग्सी जिल्लामा अवस्थित सुफी मुस्लिम धर्मावलम्वीको मस्जिद नजिकै हिजो भएको आत्मघाती हमलामा तत्काल १३ जनाको मृत्यु भएको थियो । 

आत्मघाती हमलामा अन्य ३० जना घाइते भएका सरकारी अधिकारीहरुले  जनाएका छन् । 

बलुचिस्तानको गान्दवा क्षेत्रको झाल मुग्सी जिल्लामा रहेको उक्त धार्मिकस्थल इरान र अफगानिस्तानको सीमा क्षेत्रमा रहेको छ । 

मस्जिद बाहिर सुरक्षार्थ खटिएका प्रहरीले आक्रमणकारीलाई मस्जिद परिसरमा पस्न रोकेपछि एक मस्जिदबाहिरै विस्फोट गराएका थिए ।