पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पद्यश्री सम्मन / पुरस्कार वितरण

radionepal

काठमाडौं । खेमलाल- हरिकला लामिछाने प्रतिष्ठानले यस अघि घोषण गरेको  २०७३ सालको पद्यश्री सम्मन,पुरस्कार आज रुसी साँस्कृतिक केन्द्र, काठाण्डौमा वितरण गरियो । प्रतिष्ठानले २०७३ सालको पद्यश्री सम्मान रोचक घिमिरे र नगेन्द्रराज शर्मालाई संयुक्त रुपमा र कवि नवराज पराजुलीको कविता संग्रह ‘सगरमाथाको गहिराइ’ लाई पद्यश्री पुरस्कार दिने निर्णय गरेको थियो । आज आयोजित समारोहमा प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले सम्ममन तथा पुस्कार प्रदान गर्नु भयो । पुरस्कार प्रदान गर्दै अध्यक्ष लामिछानेले साहित्यिक पत्रकारितका हस्तीहरुलाई सम्मान र छोटो समयमा कवितामा लोकप्रियता कमाएका कविलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनु भयो ।प्रतिष्ठानले आगामी वर्षदेखि पुरस्कारका लागि उत्कष्ट १० कृतिको सूचि निकाल्ने अध्यक्षले  जानकारी दिनु भयो ।  पुरस्कारको राशी दुई / दुई लाख रुपैयाँ रहेको छ ।  पद्यश्री सम्मनबाट सम्मानित नगेन्द्रराज शर्माले त्यसबेलाको साहित्यिक पत्रकारिताको अवस्था सुनाउँदै यो सम्मानले साहित्यकै सम्मान भएको बताउनु भयो । सम्मानित सूचि रचनाका सम्पादक रोचक घिमिरेको सम्मान पत्र भने उहाँका छोरा प्रतीक घिमिरेलाई हस्तान्तरण गरिएको थियो । पुरस्कृत कवि पराजुलीले आफ्नो मन्तव्य सहित रुख शीर्षकको कविता सुनाउनु भएको थियो । प्रतिष्ठानका सचिव डा. रविन्द्र समीरले स्वगत मन्त्यव्य दिनु भएको समारोहको सञ्चालन साहित्यकार अमर न्यौपानेले गर्नु भएको थियो ।

      यस अघि पद्यश्री सम्मान राष्ट्रकवि माधव घिमिरे, साहित्यकार मदनमणि दीक्षित,ध्रुवचन्द्र गौतम, वैरागी काइला, संस्कृतिविद् सत्यमोहन जोशी र महजोडी हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पाइसक्नु भएको छ ।