पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तनहुँ सेवा समाजको अध्यक्षमा मगर

radionepal

कतार ।  तनहुँ सेवा समाज कतारको दशौँ अधिवेशनसहित दशैँ, तिहार र छठ पर्वका अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

अधिवेशनबाट अध्यक्षमा केशबहादुर गुर्मछान मगर, प्रथम उपाध्यक्षमा नारायण ढुंगाना, द्वितीय उपाध्यक्षमा मीनराज विक, तृतीय उपाध्यक्षमा मनकुमार श्रेष्ठ, महासचिवमा पदम गिरी, सचिवमा संगम पाण्डे, कोषाध्यक्षमा गणेश क्षत्री, सहकोषाध्यक्षमा पदमबहादुर रानाभाट तथा सदस्यमा नन्दसिंह थापा, बद्री बगाले, विकास भुजेल, मधुराम पौडेल, रुपबहादुर विक, सुनिल नेपाली र गोविन्दप्रसाद सुवेदी चयन हुनुभएको छ । 
        संस्थाका अध्यक्ष पदमबहादुर विकको सभापतित्वमा भएको अधिवेशनमा नेपाली दूतावासका श्रम सहचारी नरेन्द्र ज्ञवालीले श्रमिकको हितमा दूतावास सक्रिय रुपमा लागिपरेको र श्रमिक नेपालीको समस्या पहिचान गरी समाधान गर्नमा सामाजिक संस्थाबाट सहयोग मिलेको बताउनुभयो । 
पत्रकार नवराज विकले ततनहुँ जिल्लाको पृष्ठभूमि र संस्था तथा प्रवासमा समाजको आवश्यकताबारे प्रकाश पार्नुभएको थियो । विशेष अतिथि टिबी कार्कीले आसन्न एनआरएनको आठौँ विश्व सम्मेलनमा मध्यपूर्वको एकता र सहकार्यलाई जोड दिँदै सहमतिका लागि मध्यपूर्वको प्रतिनिधित्व गर्दै आफूले अध्यक्षमा उम्मेदवारी दिएको बताउनुभयो । 

    कार्यक्रममा संस्थालाई महत्वपूर्ण सहयोग गर्ने करिमबख्स मियाँ, रामहरि गैह्रे, धनबहादुर परियार, निमलाल कुमाल, मुनाफ मियाँ, तोयानाथ पौडेल, रितकुमार श्रेष्ठ, श्रीराम मल्ललगायत कलाकार एवं सहयोगीलाई सम्मान गरिएको थियो । सो अवसरमा कलाकारले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।