पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निधारखाली राखेर आंशिक प्राध्यापक आन्दोलनमा

 

काठमाडौँ, १६ असोज । बडादशैँको टीकासमेत नलगाई आंशिक प्राध्यापक संघआबद्ध प्राध्यापकहरुले आफूहरुलाई करारमा नियुक्ति दिनुपर्ने मागसहित अनशन र धर्ना जारी राखेका छन् । आंशिक प्राध्यापकलाई करारमा नियुक्ति दिनुपर्ने माग गर्दै संघका तर्फबाट चितवनका शिक्षक डा महेश गजुरेल छ दिनदेखि कीर्तिपुरस्थित त्रिवि मूल ढोका अगाडि आमरण अनशनमा हुनुहुन्छ, भने संघका केन्द्रीय समितिका पदाधिकारी र शुभेच्छुकले धर्ना दिइरहेका छन् । 

संघका सहअध्यक्ष ठमिन्द्र खतिवडाकाअनुसार आफूहरु दशैैँमा घर नगएको र टीका बहिष्कार गर्न बाध्य भएको बताउनुभयो । त्रिविमातहत आंगिक क्याम्पसमा आंशिक प्राध्यापकको एक हजार ४२० दरबन्दी आवश्यक भएको विश्व विद्यालयको एक कार्यदलको प्रतिवेदनमा उल्लेख छ । 

उहाँले सरकार र त्रिवि नेतृत्वसँग माग पूरा गराउने विषयमा अनौपचारिक कुराकानी भएको जानकारी दिनुभयो । डा गजुरेलेको पिसाबमा खराबी र उच्च रक्तचाप, मुटु र श्वासप्रश्वासमा समस्या देखिएको बताइएको छ । यसअघि गरिएको ६४ दिनको रिले अनशनबाट माग सुनुवाइ नभएका भन्दै डा गजुरेल आमरण अनशनमा बस्नुभएको हो ।