पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एनआरएनए  कोषाध्यक्षमा थापाको पुनः उम्मेद्वारी 

radionepal

एनआरएनएका वर्तमान कोषाध्यक्ष हिक्मत थापाले एनआरएनएको नयाँ कार्य समितिका लागि पुन :उम्मेद्वारी दिने बताउनु भएको छ । यही असोज २८ गतेदेखि ३१ सम्म काठमाडौमा हुने विश्व सम्मेलनको लागि थापाले आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको हो ।  एनआरएनएको हित र देशको आर्थिक समुन्नतिका लागि आफुसँगका केही भिजन पूरा गर्नका लागि पुन उम्मेद्वारी दिने थापाले बताउनु भयो ।  एनआरएन नाइजेरियाका सस्थापक अध्यक्ष थापा , दुई कार्यकाल नाइजेरियाको अध्यक्ष हुँदै त्यसपछिको दुई कार्यकाल अफ्रिका क्षेत्रीय संयोजक रहनु भएको थियो । अफ्रिका महादेशमा एनआरएनएको बिस्तारमा महत्वपूर्ण भूमिका निभाउनु  भएका थापाले नेपालमा बैदेशिक लगानी भित्र्याउन र बिपतका बेला आर्थिक सहयोग जुटाउन महत्वपूर्ण भूमिका खेली रहनु भएको छ ।