पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जीवित देवी कुमारीको दर्शन सहज रुपमा 

काठमाडौँ, ११ असोज । जीवित देवी कुमारीको दर्शनका लागि वसन्तपुरस्थित कुमारी घरमा आजदेखि सर्वसाधारणलाई सहज रूपमा खुला गरिएको छ ।

प्रत्येक वर्ष फूलपातीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म भक्तजनले कुमारीको सहज दर्शन गर्नका लागि समयावधि बढाउने गरिन्छ ।

बिहान ९ देखि साँझ ७ बजेसम्म कुमारी घरमा रहनुभएकी कुमारीको दर्शन गर्न सकिने कुमारी घरका संरक्षणकर्ता गौतमरत्न शाक्यले जानकारी दिनुभयो । 

नेवारी समुदायले तलेजु भवानीको अवतारका रुपमा कुमारीलाई सम्मान तथा आस्था प्रकट गर्ने गर्दछन् । 

शुक्रबार महानवमीको दिन मध्यरातमा कुमारीलाई तलेजु भवानीको दर्शन गर्न लगिने परम्परा छ ।