पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अठतीसौँ विश्व पर्यटन दिवस मनाइयो

काठमाडौँ, ९ असोज । ‘दिगो पर्यटन: विकासको आधार’ भन्ने नाराका साथ ३८औँ विश्व पर्यटन दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ । 

विगतका वर्षमा सेप्टेम्बर २७ कै दिन औपचारिक कार्यक्रम गरिँदै आए पनि यस वर्ष  विजयादशमीअन्तर्गत फूलपाती पर्ने भएकाले नेपालमा दुईदिनअघि आज यो दिबस मनाइएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले निजी क्षेत्रका ४५ भन्दा बढी पर्यटनसँग सम्बन्धित संस्थाको सहकार्यमा यहाँ आयोजित कार्यक्रममा पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान गर्ने विभिन्न संघसंस्थालाई सम्मान गरिएको छ ।