पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘हाम्रो नेपाली किबोर्ड’ एप्स सार्वजनिक

काठमाडौं, ९ असोज । मोबाइल प्रयोगकर्ताहरुका लागि विभिन्न एप्स उत्पादन गर्ने हाम्रो पात्रोले नेपाली भाषामा टाइप गर्न सकिने हाम्रो नेपाली किबोर्ड नामको नयाँ एप्स आईफोनका लागि सार्वजनिक गरेको छ । 

हाम्रो पात्रोले एक विज्ञप्ति प्रकाशित गरी सो कुराको जानकारी दिँदै लामो मेहनतपछि ल्याइएको यो एप्सले नेपाली भाषाको सम्वद्र्धनमा सहयोग पुग्ने बताएको छ ।