पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रेडियो नेपालमा शुुभ कामना आदान- प्रदान कार्यक्रम

radionepal

   काठमाण्डौ ।                               
सूूचना तथा सञ्चार राज्य मन्त्री तप्तबहादुर विष्टले रेडियो नेपालको विकास र विस्तारका लागि मन्त्रालय सधै लागिरहने बताउनु भएको छ ।नेपाल पत्रकार महासंघ रेडियो नेपाल शाखाले आज रेडियो नेपालमा विजयदशमीको अवसरमा आयोजना गरेको शुुभकामना आदानप्रदान कार्यक्रममा राज्यमन्त्री विष्टले रेडियो नेपालको विकास र विस्तारका लागि आवश्य ऐनहरु छिटो ल्याउनका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।सञ्चार राज्य मन्त्री विष्टले परिवर्तन र लोकतान्त्रिक गणतन्त्रमा सवैको अधिकार सुरक्षित हुनेगरी सवै मिलेर अघि बढ्नु आवश्यक रहेको समेत बताउनुभयो ।
          रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले रेडियो नेपाललाई सातवटै प्रदेशमा आफ्नो प्रसारण केन्द्र विस्तार गरी प्रसारण शुरु गर्ने कार्य अघि बढिरहेको बताउनुभयो । कार्यकारी निर्देशक कार्कीले रेडियो नेपालले देशको परिवर्तन, भुकम्प, बाढीपहिरो, निर्वाचनका समयमा आफ्नो दायित्व निर्वाह गरेको भन्दै यसलाई सार्वजनिक सञ्चार माध्यमका रुपमा रुपान्तरण गरी सवै जनताको पहुँचमा पु¥याउने तर्फ लागिरहेको बताउनुभयो ।
      कार्यक्रमा नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्ट, रेडियो नेपाल सञ्चालक समितिका सदस्य बमबहादुुर कार्की, नेपाल पत्रकार महांघ रेडियो नेपाल शाखाका अध्यक्ष दुुर्गा फुुयाल र उपाध्यक्ष ध्रुुव सापकोटा, रेडियो नेपाल कर्मचारी संघका अध्यक्ष चेतनाराण पौडेलले श्रमजीवी पत्रकारको हकहितका लागि सवै एकताबद्ध भएर अघि बढ्नु पर्ने बताउनुभयो । 

- तुलसी सापकोटा / रेडियो नेपाल