पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

‘नेपाल राजपत्र मोबाइल एप्लिकेशन’ सञ्चालनमा 

काठमाडौं, ४असोज ।  विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल राजपत्र मोबाइल एप्लिकेशन संचालनमा ल्याएको छ ।

यसको संचालनसंगै अब नेपाल सरकारका पुराना तथा नयाँ राजपत्रहरु सजिलै मोबाइलमै पढन तथा हेर्न सकिने छ । 

आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल राजपत्र मोबाइल एप्लिकेशनको उद्घाटन गर्दै विज्ञान तथा प्रविधि मन्त्री दिपक बोहराले, विद्युतीय शासनलाई प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने उद्देश्य सहित मोबाइल एप संचालनमा ल्याइएको बताउनुभयो ।

कार्यक्रममा सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ्गले  मोबाइल एप्सलाई अफ लाइनमा पनि हेर्ने सकिने गरी बनाउन जरुरी भएको बताउनुभयो ।