पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सूचनाको हकका लागि रेडियो नेपाल नै भरपर्दो माध्यम  ः सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत । 

radionepal

नेपालको प्रसारण माध्यममा जननी संस्थाको रुपमा स्थापित रेडियो नेपाल जनतामा भरपर्दो सूचना प्रवाह गर्ने अग्रणी माध्यम भएको बताउनु भएको छ । संविधान दिवस २०७४ को उपलक्ष्यमा गृह मन्त्रालय र रेडियो नेपालद्वारा संयुक्त रुपमा आयोजित  जागरणगीत सम्मेलनको उद्घाटन गर्नुहुँदै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले सो कुरा बताउनु भएको हो ।  मन्त्री बस्नेतले  अहिलेको सूचना र सञ्जालको जमनामा राष्ट्रिय प्रसारणको दायित्व बोकेको रेडियो नेपाल भूमिका अझ गहन भएको बताउनु भयो । उहाँलेे मुलुकलाई डिजिटल नेपालका रुपमा अघि बढाउने पनि बताउनु भयो । सो अवसरमा मन्त्री बस्नेतले जागरण गीत सम्मेलनमा गायन गला प्रस्तुत गर्नु हुने गायक - गायिकालाई प्रशंसा-पत्र वितरण गर्नु भयो ।

                              

          उद्घाटन सत्रको सभाध्यक्षता गरिरहनु भएका रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले मधेश आन्दोलनताका सम्विधानका सारभूत कुराहरु तराईकै भाषामा प्रसार गरेर सुसूचित गराउने काम रेडियो नेपालले गरेको बताउनु भयो ।  नायव कार्यकारी निर्देशक अशोक बास्कोटाले आमन्त्रित अतिथि र कलाकारहरुलाई स्वागत सम्वोधन गर्दै रेडियो नेपाल आफ्नो दायित्व पूरा गर्न कहिल्यै पछि नपर्ने बताउनु भयो । उदघाटन सत्र पछि कुन्ती मोक्तान, तारा थापा,सूर्य थुलुङ, महेश कुमार आउजी, हरिशङ्कर चौधरी,रामकृष्ण ढकाल, स्वरुपराज आचार्य रटिका भण्डारीले नव निर्माणका सन्देश बोकेका स्वदेशी भावनाका गीतहरु गाउनु भएको थियो ।
                                 ~ अनलाईन डेस्क                                                                                                            तस्विर : शेरबहादुर गुरुङ , रेडियो नेपाल