पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध मतदानः अध्यक्ष प्रचण्ड

सिरहा, २८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको बलिदानबाट प्राप्त उपलब्धि उल्ट्याउन खोज्नेविरुद्ध मतदान गर्ने बताउनुभएको छ । 

सिरहाको धनगढीमाई नगरपालिकामा आज आयोजित चुनावी सभामा अध्यक्ष प्रचण्डले मधेशी जनताको भावनाको सम्बोधन गर्नुका साथै मधेशी दलको असन्तुष्टि सम्बोधन गर्न र निर्वाचनमा ल्याउन आफूले भूमिका निर्वाह गरेको बताउनुभयो ।  

तराई, पहाड र हिमाललाई जोडेर राष्ट्रिय विकासलाई अगाडि बढाउन आफूले गरेको प्रयासको परिणाम राम्रो आएको पनि अध्यक्ष दाहालले आवश्यकता औल्याँउनुभयो ।