पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निर्वाचनको सम्पूर्ण तयारी पूराः प्रमुख आयुक्त

काठमाडौं, २८ भदौ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले असोज २ गते हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पुरा भएको बताउनुभएको छ । 

रिपोर्टस क्लबले आज काठमाडौंमा गरेको साक्षात्कार कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. यादवले २ नम्बर प्रदेशका जनताहरु उत्साहपूर्वक निर्वाचनमा सहभागी हुनेमा निर्वाचन आयोग विश्वस्त रहेको बताउनुभयो । 

उहाँले आयोगको सक्रियताका कारण निर्वाचन आचार संहिताको उल्लंघनमा कमी आएको बताउनुभयो । 

प्रमुख निर्वाचन आयुक्त डा. यादवले मतदाता परिचय पत्रको दुरुपयोग नहोस् भन्नेमा निर्वाचन आयोग पूणत सचेत रहेको बताउनुभयो ।