पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

आचार संहिता पूर्ण पालना गर्न–गराउन आयोगको आग्रह

काठमाडौं, २८ भदौ । निर्वाचन आयोगले निर्वाचन आचार संहिता विपरीतका क्रियाकलापहरु तत्काल रोकी निर्वाचन आचार संहिता पूर्ण रुपमा पालना गर्न–गराउन प्रमुख राजनीतिक दलहरुलाई आग्रह गरेको छ ।

आयोगले आज नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, संघीय समाजवादी फोरम नेपाल, नेपाल लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टी नेपाललाई छुट्टाछुट्टै पत्र पठाई आचार संहिताको पूर्ण  पालना गर्न–गराउन आग्रह गरेको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।