पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालबालिकामा लगानी बढाउनु पर्छः राष्ट्रपति भण्डारी

काठमाडौं, २८ भदौ । राष्ट्रिय बाल दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले  आज राष्ट्रपति भवन शितल निवासमा बालबालिकासँग भेटघाट गर्नु भयो ।

बालबालिकासँग रमाइलो भेटघाटको अवसरमा राष्ट्रपति भण्डारीले आफ्नो बाल्यकालमा विद्यालय जाँदाको अनुभव  सुनाउनुभयो भने बालबालिकाहरुले त्यसक्रमा विभिन्न नृत्य प्रस्तुत गर्नुभयो । 

राष्ट्रपति भण्डारीले भविष्यका कर्णाधार बालबालिकाको अध्ययनका लागि सरकारले सक्दो लगानी बढाउनुपर्ने पनि बताउनु भयो ।