पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बालगीत प्रतियोगिताको रेडियो नेपालद्वारा प्रत्यक्ष प्रसारण

काठमाडौं, २८ भदौ । बालदिवस को अवसरमा रेडियो नेपाल र नेपाल बाल संगठनको सहकार्यमा आज काठमाडौंमा बालगीत प्रतियोगिता गरियो ।

बालगीत प्रतियोगितामा बालविकास, बाल अधिकारको रक्षा र शिक्षा लगायतमा चेतना जगाउने खलका गीतहरु बालबालिकाले नै प्रस्तुत गरेका थिए । 

रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक अशोक वास्कोटाले रेडियो नेपालले आफ्नो स्थापना कालदेखि नै समाज परिवर्तन, नेपालको राजनीतिक परिवर्तन, महिला बालबालिका सबै क्षेत्रमा महत्वपूर्ण भुमिका निर्वाह गर्दै आइरहेको बताउनुभयो ।

कार्यक्रममा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयका सहसचिव तोयम रायले सबै बालबालिकालाई विद्यालयसम्म पुुर्याउन र बाल अधिकारका विषयमा सबै सजग हुनुुपर्नेमा जोड दिदै मन्त्रालय निरन्तर बालअधिकारका क्षेत्रमा लागिरहेको बताउनुभयो । 

प्रतियोगिताको रेडियो नेपालले प्रत्यक्ष प्रसारण गरेको थियो ।