पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड २ लाख सहयोग 

काठमाडौँ, २८ भदौ । दक्षिण कोरियालीको कोरिया साउथ–इष्टपावर कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड दुई लाख ५७ हजार सहयोग गरेको छ ।

उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महरालाई आज परारष्ट्र मन्त्रालयमा भेटेर कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत च्याङ, जाई वनले रकम हस्तान्तरण गर्नुभयो ।