पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

यु–१८ साफ च्याम्पियनसिप फुटबलका लागि टोली घोषणाा

काठमाडौं, २८ भदौ । भुटानमा यही सेप्टेम्बर महिनाको १८ देखि २७ तारिख सम्म हुने १८ वर्ष मुनि उमेर समूहको साफ च्याम्पियनसिपका लागि बुधबार अन्तिम २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरिएको छ ।

प्रतियोगितामा पहिले ६ राष्ट्रलाई दुई समूहमा विभाजन गरिए पनि श्रीलङ्काले नाम फिर्ता लिएपछि अब सबैले एक अर्कासँग १–१ खेल खेल्नु पर्ने भएको छ ।

प्रतियोगितामा नेपाल, भारत, माल्दिभ्स्, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।