पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

पाकिस्तानमा निर्मित सामग्रीहरुको प्रदर्शनी शुरु

काठमाडौं, २८ भदौ । पाकिस्तानमा निर्मित विभिन्न सामग्रीहरुको प्रदर्शनी त्रिपुरेश्वरस्थित ट्रेड सेन्टरमा बुधबारबाट शुरु भएको छ । 

नेपाल र पाकिस्तानबीच आपसी सम्बन्ध तथा व्यापार अभिवृद्धि गर्न आयोजित  प्रदर्शनीमा विशेष गरी छाला र हस्तकला लगायतका सामग्री छन् । 

नेपालस्थित पाकिस्तानी राजदूतावासले आयोजना गरेको मेलाको वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्मा र नेपालका लागि पाकिस्तानका राजदूत मज्हर जावेदले शुभारम्भ गर्नुभयो । 

सो अवसरमा मन्त्री विश्वकर्माले नेपाल र पाकिस्तानबीच दौंत्य सम्बन्ध तथा जनस्तरको  सम्बन्धलाई अझ विस्तार गर्न प्रदर्शनीले मद्दत मिल्ने बताउनुभयो । 

नेपाल सरकारका मुख्य सचिव राजेन्द्रकिशोर क्षेत्रीले सार्कको संस्थापक सदस्य हुनाका नाताले २ देशले व्यापार प्रवद्र्धनलाई बढाउनुपर्ने बताउनुभयो । 

विगत ५ वर्षमा २ देशका बीच वार्षिक ४ करोड ८० लाख डलर बराबरको व्यापार भएको छ । गत वर्ष नेपालले करिब ४५ लाख डलर बराबरको सामान पाकिस्तान निर्यात गरेको थियो ।