पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोट : फुकोट कर्णाली जलबिद्युत आयोजनाको लागि पुगे प्राबिधिक टोली  

radionepal


रत्न काकी/रेडियो नेपाल
कालिकोट, २८ भाद्र । कालिकोट जिल्लाको फुकोट कर्णाली जलबिद्युत आयोजनाको निमार्ण जिम्मा पाएको नेपाल बिद्युत उत्पादन कम्पनि लिमिटेडले दशै र तिहारको बिचमा परियोजनाको बिस्तृत सर्भेगरि प्रारम्भिक काम सुरु गर्ने जनाएको छ ।
४ सय २६ मेघावाटको फुकोट कर्णाली जलबिद्युत आयोजनाको प्राबिधिक टिमले आयोजना निमार्ण स्थलको अनुगमन निरिक्षण गरेको छ ।  नलगार्ड जलबिद्युत आयोजनाका बरिष्ट इन्जिनीयर रामकाजी थापा , नेपाल बिद्युत उत्पादन कम्पनि लिमिटेडका इन्जिनियरहरु हिरामान वाईबा, मनोज बराल र दिपकराज श्रेष्ठ सहीतको एक टोलिले फुकोट कर्णालीको ड्याम निमार्ण स्थल र पावर गृह निमार्ण स्थल, बदालकोटको रेगिल पुगेर टोलि राजधानि फर्केको छ । 
त्यस पछि असोज दोस्रो साता सम्म पुन डिटेल सर्भेको काम सुरुहुने परियोजना इन्जिनियरहरुले बताएका छन । जनार्धन शर्मा उर्जा मन्त्रि हुदा प्रचण्ड नेतृत्वको सरकारले परियोजना प्रारम्भ गर्न कामको थालनी गरेको थियो सो परियोजना सरकारले आगामी छ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यराखेको छ ।