पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सबैको भावना समेट्न नदिने विरुद्ध जनताले मत दिनुपर्छः प्रधानमन्त्री

सप्तरी, २७ भदौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधानलाई सर्वस्वीकार्य बनाएर सबैको भावना समेट्न नदिने विरुद्ध जनताले निर्वाचनमा मत दिनु पर्ने बताउनु भएको छ ।

स्थानीय तह निर्वाचनका लागि सप्तरीको राजविराजमा नेपाली काँग्रेसले गरेको चुनावी सभालाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले  प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले एकदलीय तानाशाही ब्यवस्था लाद्न खोजेको आरोप लगाउनुभयो ।

प्रधानमन्त्री देउवाले एमालेले मधेशी जनताको भावनासँग खेलवाड गरेकाले यसपटकको निर्वाचनमा मधेशी जनताले एमालेलाई जवाफ दिनै पर्ने बताउनुभयो ।

उहाँले मधेशी जनताको भावना अनुसार काँग्रेसले संविधान संशोधन प्रस्ताव संसदमा लगेपनि एमालेले असहयोग गरेका कारण असफल भएपनि संशोधन  प्रस्ताव पारित गर्न आफु अझै प्रयासरत रहेको वताउनुभयो ।

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले  दक्षिणपन्थी र प्रतिगमनकारी दल एमालेका कारण संविधान संशोधन हुन नसकेको बताउनुभयो ।

नेता पौडेलले संविधान सुधारका लागि मधेशी जनताको भावना अनुसार संशोधन गर्न कांग्रेस तयार रहेको बताउनुभयो ।

नेता पौडेलले  मधेश, काँग्रेस र लोकतन्त्र एक अर्काको परिपूरक रहेको बताउनुभयो । 

महामन्त्री डा. शशांक कोईरालाले काँग्रेसको नेतृत्वमै मधेशलाई समृद्ध बनाउन सकिने बताउनुुभयो ।