पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मन्त्रीपरिषद् विस्तार संक्रमणकालको अन्तिम अवस्थाः अध्यक्ष प्रचण्ड

विराटनगर, २७ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद् विस्तार गरेको कुरालाई संक्रमणकालको अन्तिम अवस्था भनेर बुझन आग्रह गर्नुभएको छ ।  

विराटनगर विमानस्थलमा आज साँझ सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष दाहालले  संक्रमणकालको अन्तिम सरकार भएकाले यसलाई अन्यथा लिन नहुने बताउनु भयो । 

अध्यक्ष दाहालले २ नम्बर प्रदेशको निर्वाचनमा पैसाको अत्यधिक प्रयोग भएको र अहिलेको निर्वाचन प्रणाली नफेरेसम्म यही अवस्था रहिरहने बताउनुभयो । 

उहाँले मुलुकमा केही समययता अहंकारमय राष्ट्रवाद अतिवादी राष्ट्रवादका कारण समस्या सिर्जना भएको तर सबै दल निर्वाचनमा सहभागी भएसँगै दुवै समस्या हल भएर गएको दाबी गर्नुभयो । 

अर्को प्रसंगमा पूर्व प्रधानमन्त्रीसमेत रहनु भएका अध्यक्ष दाहालले  आयल निगमको जग्गा खरिद प्रकरणमा भएको भ्रष्टाचारीलाई  कारवाही हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभयो ।