पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

द्वन्द्वमा फसाउने प्रयास जनताले असफल पारेः अध्यक्ष ओली

ललितपुर, २७ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई  दीर्घकालीन रुपमा साम्प्रदायिक द्वन्द्वमा फसाउने प्रयासलाई नेपाली जनताले निर्वाचनमार्फ्त असफल पारिदिएको बताउनुभएको छ । 

नेकपा एमाले ललितपुर क्षेत्र नम्बर ३ ले तराईका बाढी पीडितलाई सहयोग गर्न संकलन गरेको करिब ३ लाख २६ हजार रुपैंया राहत रकम बुझ्दै अध्यक्ष ओलीले एउटा भूगोल र समुदायमा विपद् पर्दा अर्को  भूगोलले सद्भाव देखाउने नेपालीहरुको संस्कार भएको बताउनुभयो । 

अध्यक्ष ओलीले भूगोल, जातजाति र धर्मका नाममा नेपालीबीच फाटो ल्याउन भएका सबै प्रयास नेपाली जनताले निष्क्रिय पारेको बताउनुभयो ।
 
राहत रकम नेकपा एमाले केन्द्रीय कार्यालयले सञ्चालन गरेको नेकपा एमाले प्राकृतिक विपत्ति कोषको खातामार्फ्त तराईका बाढी पीडितलाई पुर्याइने छ ।