पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बारामा ३ हजार थान तुल ब्यानर नष्ट

बारा, २७ भदौ । निर्वाचन आयोगले प्रदेश दुईमा असोज २ गते हुन लागेको तेश्रो चरणको स्थानीय तह निर्वाचनको अनुगमनका क्रममा बारामा करिब ३ हजार थान तूल, व्यानर फ्लेक्स प्रिन्ट र पर्चा जफत गरी नष्ट गरेको जनाएको छ ।

निर्वाचनको अनुगमनका लागि आयोगबाट खटिनुभएका सहसचिव गजेन्द्र ठाकुरको नेतृत्वको टोलीले बाराका विभिन्न सार्वजनिक स्थानबाट तूल, व्यानर फ्लेक्स प्रिन्ट, पर्चा जफत गरी नस्ट गरिएको आयोका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

स्थानीयबासीको गुनासोपछि अनुगमनकर्ताबाट ती क्षेत्रको अनुगमन भएको थियो ।