पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

हतियारसहित ३ युवा पक्राउ

सप्तरी, २७ भदौ । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ स्थित जिरी हटियाबाट हतियारसहित ३ युवालाई प्रहरीले आज पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरा बस्ने २४ वर्षीय ईश्वर मुखिया, स्थानीयवासी १८ वर्षीय महेश मुखिया र २५ वर्षीय उपेन्द्र मुखिया रहेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो । 

आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था एकदमै कडा पारिएको सप्तरीका प्रजिअ भागीरथ पाण्डेले बताउनुभयो ।