पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जलवायु परिवर्तनले अर्थतन्त्रमा प्रभाव पर्नसक्ने

काठमाडौं, २७ भदौ । विश्व तापमान वृद्धि तथा जलवायु परिवर्तनको कारण नेपालका हिमशृंखलामा प्रभाव पर्दा नेपालको पर्यटन क्षेत्र बढी प्रभावित भई नेपालको अर्थतन्त्रमा असर पर्ने भएकोले समयमा नै सजगता अपनाउनु पर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।

नेपाल व्यवस्थापन संघले ‘पर्वतीय पर्यटनका चुनौती र वातावरणीय प्रभाव’का विषयमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले जलवायु परिवर्तनले पर्वतीय पर्यटन र कृर्षिमा पर्नसक्ने असरलाई न्यूनीकरण गर्न आवश्यक कदम चालिनुपर्ने बताउनुुभयो ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले बढ्दो तापक्रमले हिउँ पग्लेर चट्टान देखिन थालेकाले यसले पर्वतारोहण र नेपालको अर्थतन्त्रमा निकै असर पुग्ने बताउनुभयो । 

सीमाविद् बुद्धिनारायण श्रेष्ठले भारत र चीनको तीव्र औद्योगिकीकरणले नेपालको पर्वतीय क्षेत्रमा वातावरणीय प्रभाव परेको तथा त्यसले पर्यटन उद्योग तथा पर्वतारोहण मात्र नभई पानीको मुहान जोगाउन नेपालमा चुनौती थपिएको उल्लेख गर्नुभयो ।