पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

धागो कात्ने मेसिन व्यवसायीलाई हस्तान्तरण

रोल्पा, २७ भदौ । रोल्पाको जेल्वाङमा अल्लोको धागो कात्ने एक दर्जन मेसिन व्यवसायीहरुलाई हस्तान्तरण गरिएको छ ।

कृषि मन्त्रालयसँगको साझेदारीमा उद्योग वाणिज्य महासंघले सञ्चालन गर्दै आएको ‘एक गाउँ एक उत्पादन’ कार्यक्रमअन्तर्गत जेल्वाङमा १२ थान मेसिन हस्तान्तरण गरिएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत लालकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

अल्लोको धागो कात्ने प्रविधिमा सुधार गर्दै गुणस्तरीय धागो उत्पादनमा सघाउ पुर्याउने उद्देश्यले मेसिन हस्तान्तरण गरिएको श्रेष्ठले बताउनुभयो । 

रोल्पाको जेल्वाङमा प्रशस्त अल्लो खेती पाइने हुनाले त्यसको विकास र प्रवद्र्धन गर्न मेसिन वितरण गरिएको रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष बालकृष्ण सुवेदीले बताउनुभयो ।