पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कराँतेमा सहभागी हुन भोलि जापान प्रस्थान गर्दै नेपाली टोली

काठमाडौं, २७ भदौ । बाह्रौं सिजी निसी मुरु मात्सुरी अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सहभागी हुन वादोरियो कराँते टोली बुधबार जापानको फुकुवोका प्रस्थान गर्ने भएको छ ।

सेप्टेम्बर १७ तारिखमा हुने प्रतियोगितामा नेपालबाट पुरुषोत्तम पोखरेल, विकबहादुर थामी, कुइसाङ लामा र रिमला राईले प्रतिस्पर्धा गर्दै छन् ।

कराँते खेलाडीहरुलाई मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार विष्टले बिदाई गर्नु भएको थियो ।