पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

माछापुच्छ्रे क्रिकेट लिगः आजको खेलमा भी यम वारियर्स बागलुङ्ग विजयी

पोखरा, २७ भदौ । माछापुच्छ्रे क्रिकेट लिग प्रतियोगिता अन्तर्गत मंगलबार भएको खेलमा भी यम वारियर्स बागलुङ्ग विजयी भएको छ ।

पोखराको बगरस्थित नगर विकासको मैदानमा भएको खेलमा भी यम वारियर्सले ईन्फोरमेशन कलेज चिताजलाई ४ विकेटले पराजित गरेको थियो ।

यस पहिलो खेलको प्लेएर अफ दि म्याच भी यम वारियर्सका समिर सेन किसन खड्का घोषित भएका थिए ।

अब बुधबार क्वालिफायर अन्तर्गत एल सी पी डाउन टाउन र प्रभात टाईटन्स्बीच खेल हुनेछ भने एलिमिनेटर अन्तर्गत माछापुच्छ्रे लायन्स र भी यम वारियर्सबिच खेल हुनेछ ।