पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

जनप्रतिनिधीद्धारा दोलखामा सुआहारालाई गाउँ प्रवेशमै रोक 

radionepal

श्याम खतिवडा/रेडियो नेपाल 
चरिकोट, २७ भदौ । दोलखामा लामो समयदेखि पोषण र स्वास्थ्यको क्षेत्रमा काम गरिरहेको सुआहारा परियोजनालाई निति कार्यक्रम र प्रस्तावित बजेट सार्बजनिक नगरेको भन्दै गाउँ प्रवेशमा रोक लगाइएको छ । गौरीशंकर गाउँपालिका अन्तर्गको ४ नं मा पर्ने झँ्याकुका जनप्रतिनिधी र स्थानीयले अनुमती दिनुपुर्व कार्यक्रम सम्बन्धी सम्पुर्ण विवरण वडामा बुझाउन पटक पटक अनुरोध गर्दापनि नबुझाएपछि गाउँ प्रवेशमै रोक लगाउन बाद्य भएको गौरीशंकर ४ का वडा अध्यक्ष प्रल्हाद कार्कीले जानकारी दिए ।

अध्यक्ष कार्कीले सुआहाराले वडामा कार्यक्रम सञ्चालन बारे  अनुमती मागेको तर निति तथा कार्यक्रम र प्रस्तावित बजेट बुझाएर अनुमती लैजान आग्रह गर्दा बेवास्ता गरी बाहिरी दबाब दिएको भन्दै आफुहरुले गाउँ प्रवेशमा रोक लगाएको बताएका छन् । उनले वडा तहको बैठकले निर्णय गरी सुआहारालाई गाउँ पस्न नदिने औपचारीक पत्र जिल्ला समन्वय समिति दोलखामा दर्ता गराएका छन् । अध्यक्ष कार्कीले पारदर्शीताका कुरा गर्ने तर आफै सबैभन्दा अपारदर्शी काम गर्ने सुआहारालाई लक्षित गर्दै अन्य गैरसरकारी संस्थाहरुलाई पनि निति तथा कार्यक्रम र प्रस्तावित बजेट उपलब्ध नगराए काम गर्न नदिने बताएका छन् । 

कार्यक्रमबारे विवरण दिनुपर्छ :गैसस महासंघ
गैरसरकारी संस्था माहासंघ दोलखाका सचिब दिल बहादुर केसीले नागरिकलाई सुचनाको हकबाट बञ्चित गराउन नहुने बताएका छन् । उनले जुनसुकै गैरसरकारी संस्थाहरुले काम गर्नुपुर्व संस्थाको विस्तृत विवरणनै सरोकारवालाहरुलाई दिन नसक्ने संस्था गैसस महाँसंघको सदस्य हुनै नसक्ने बताएका छन् । सचिब केसीले महासंघले उक्त घटनाबारे तत्काल पहल गर्ने बताउदै दोलखाका केही गैरसरकारी संस्थाहरुले सरकारको सहयोगीको रुपमा काम गर्ने  सिंगो गैसस लगाएत महाँसंघकै  बदनाम गर्न लागेकाले तिनिहरु उपर कार्वाही प्रकृया अगाडी बढाउने बताएका छन् । 
सुआहारा कार्यक्रमका जिल्ला संयोजक अर्जुन अर्यालले वडाको उक्त निर्णयबारे आफुलाई औपचारीक जानकारी प्राप्त भैनसकेको बताएका छन् । संयोजक अर्यालले सुआहाराको स्थानीय साझेदार ग्रामिण विकास टुकि संघ भएको र उसले गाउँ प्रवेशमा रोक लगाएको बारे आफुहरुलाई जानकारी नगराएको बताएका छन् । जानकारी प्राप्त भएपछि सो सम्बन्धमा संस्थाले आबश्यक छलफल गरी निर्णय लिने संयोजक अर्यालको भनाई छ । 

पटक पटक विबादमा सुआहारा 
दोलखामा सुआहारा कार्यक्रम पटक पटक विबादमा आइरहेको छ ।  कहिले कुखुराको चल्ला खरिदमा अनियमितता त कहिले कर्मचारी भर्नामा चरम मनोपरी भन्दै स्थानीय र प्रशासनले छापा समेत मारीसकेको छ । युएसएआईडीले फण्डिङ् गरेको सुआहारा परियोजना हेलेन केलर ईन्टरनेश्नल मार्फत दोलखाको ग्रामिण विकास टुकि संघ सँगको साझेदारीमा सञ्चालित छ ।

गत आवमा ५८ लाख रकम फ्रिज
सुआहाराले गत आर्थिक वर्ष ०७३ ÷०७४ को जम्मा १ करोड २७ लाख बराबरको वार्षिक बजेट मध्ये झण्डै ५८ लाख रुपैयाको बजेट फ्रिज पठाएको थियो । पोषण र स्वास्थ्यको नाममा खर्च गर्नुपर्ने त्यो मात्राको रकम फ्रिज गराएको भन्दै जिल्ला स्थित सरोकारवालाहरुले सुआहारा कार्यक्रम बारे खुलेर आलोचना गरेका थिए । दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहाराले त्यति ठुलो परिमाणको बजेट फ्रिज गरेको भन्दै सो बारे छलफल गर्ने बताएपनि एक साता नबित्दै उनको सरुवा भएको थियो । त्यसपछि दोलखा आएका हालका प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापाले स्वास्थ्य कार्यालय सँग समुन्वय गरी  आबश्यक प्रक्रिया तत्काल अगाडी बढाउने जनाएका छन् । 
 

रेडियो सुनेर चित्त बुझाउछन् कुपोषणका रोगी 
सुआहाराले सुनौला हजार दिनका नाममा माटो रकम खर्च गरेर भन्छीन आमा रेडियो कार्यक्रम सञ्चालन गरेको छ । सुआहारामा कार्यरत एक कर्मचारीका अनुसार जम्मा बजेटको झण्डै १५ प्रतिशत बजेट रेडियो कार्यक्रम र सञ्चारको क्षेत्रमा  खर्च हुने बताए । दोलखाका झण्डै ७ सयको संख्यामा रहेका कुपोषणका बिरामीहरु भन्छिन आमा रेडियो कार्यक्रममा मनआमाको कथा सुनेर चित्त बुझाउन बाद्य भएको पिडितहरुले बताएका छन् ।  विशेष गरी पोषणको क्षेत्रमा काम गर्ने सुआहारा ले यसअघि सुआहारा पहिलोको नाममा दोलखामा झण्डै ८ करोडको हारहारीमा बजेट खर्च गरिसकेको छ तर जिल्लामा अहिले पनि ७ सयको हाराहारीमा कुपोषणको बिरामी भएको जिल्ला स्वास्थ्य कार्यालय दोलखाकोे तथ्याङ्कमा उल्लेख छ ।