पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कालिकोटमा १६ हजार मेट्रिक टन खाद्ययान्न अपुग : खाद्यय सुरक्षा परियोजना

radionepal


रत्न कार्की/रेडियो नेपाल 
कालिकोटमा जनसंख्याको अनुपातमा खाद्ययान्न अपुग रहेको एक संस्थाले जनाएको छ ।  जिल्लामा एक लाख ५३ हजार जनसंख्या रहेको छ । जसको लागि १६ हजार मेट्रिकटन खाद्ययान्न अपुगरहेको एक संस्थाले गरेको सर्बेक्षणले देखाएको छ । 
कालिकोट जिल्लाका साबिकका बिभिन्न गाउँ बिकास समितिमा संन्चालनमा रहेको खाद्यय सुरक्षा परियोजनाले गरेको सर्बेक्षणमा कालिकोट जिल्लामा खडेरी, सिचाईको अभाव, खाने बानीको सुधार नहुनु, लगायतका समस्याले कालिकोटमा खाद्यय असुरक्षा बढ्दै गएको परियोजनाले गरेको सर्बेक्षणमा उल्लेख छ । 
चरम खाद्यय असुरक्षा रहेको कालिकोटमा ६० प्रतिशत मानिसहरुलाई ६ महिना मात्रै आफ्नो उत्पादनले खान पुग्ने गरेको सर्बेक्षणमा उल्लेख गरिएको छ । कृषिमा आत्म निरर्भर हुन नसक्दा ५५ प्रतिशत मानिसहरुको उमेर अनुसारको उचाई र तौल नभएको भेटिएको परियोजनाले जनाएको छ । 
सन २०२२ सम्म नेपालबाट  कुपोषण हटाउने उद्देश्यले संन्चालित परियोजनाले  जिल्लामा कृषि, पशु, स्वास्थ्य र महिला विकास कार्यालयलाई साझेदार निकायका रुपमा मानेर काम गरि रहेको छ । 
जनचेतना कै अभावमा कालिकोटमा पनि १९ प्रतिशत बालबालिका कुपोषित रहेको परियोजनाले जनाएको छ । सडक क्षेत्रमा कृषि, पशु, स्वास्थ्य र सामाजिक सशक्तिकरणका क्षेत्रमा काम गरि रहेको परियोजनाले कालिकोटमा ५ करोड २३ लाख बजेट खर्चेको  जिल्ला कृषि बिकास कार्यालयका प्रमुख वरिष्ठ कृषि बिकास  अधिकृत शुनिल कुमार सिहले बताउनु भयो ।