पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

समाजमा कम्युनिष्टको अन्त्य हुनुनै वीपीको सच्चा समाजबाद : कांग्रेस नेता महत

radionepal


श्याम खतिवडा/रेडियो नेपाल 
चरिकोट २४ भदौ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एबं पुर्ब परराराष्ट्रमन्त्रि डाक्टर प्रकाशशरण महतले समाजमा  कम्युनिष्टहरुको समाप्त  गर्नु नै बिपिको समाजबादको उद्येश्य रहेको बताएका छन् ।
१०४ औ बिपि जयन्तीको अबसरमा शनिबार दोलखा आइपुगेका नेता डा. महतले यस्तो बताएका हुन् ।  नेपाली कांग्रेस दोलखाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै महतले बिपिको समाजबादी चिन्तनको आत्मसाथ गरे मात्रै नेपाल र नेपाली जनताको हित हुने बताएका हुन् ।उनले  नेपाली कांग्रेस मुलुकको सबै भन्दा ठुलो राष्ट्रबादी पार्टी भएको र बिपिले स्थापना गरेको पार्टी नेपाली कांग्रेसलाई अराष्ट्रबादी आरोप लगाउने पार्टीनै दक्षिणपन्थिको पिछालग्गु भएको बताउँदै सडकमा कुर्लेर मात्रै राष्ट्रबादी नहुने समेत प्रस्ट पारेका छन् ।  एमालेलाई लक्षित गर्दै नेता डाक्टर महतले बयलगाडा चढेर अमेरीका जान खोज्नु र गणतन्त्रको सपना देख्नु उस्तै हो भनेर भजन गाउँनेहरु नै आज राष्ट्रबादी भनेर सडक कुर्लेको देख्दा लज्जाबोध भएको बताए ।
पुर्ब परराष्ट्रमन्त्री समेत रहेका डा. महतले कार्यकर्ताहरुलाई दोस्र्रो निर्वाचनमा जुट्न निर्देशन दिदै नेपाली कांग्रेस आगामी सबै निर्बाचनमा प्रथम पार्टी भएरै छाड्ने दाबी गरेका छन्  । कार्यक्रममा नेपाल बिद्यार्थी संघका महामन्त्रि कुन्दनराज काफ्लेले नेपाल र नेपालीको लोकप्रिय पार्टी नेपाली कांग्रेसले मात्रै राष्ट्रलाई उचित निकास दिर्ने बताउँदै सम्पुर्ण जनसमुदाय लाई कांग्रेसमा जोडिन आग्रह समेत गरेका छन् । माहामन्त्री काफ्लेले मुलुकमा लोकतान्त्रिक शक्तिको मात्रै भबिष्य रहेको बताउँदै सबै नेता तथा कार्यक्रतालाई आगामी निर्बाचनमा तनमन र बचनले कांग्रेसलाई बिजयी गराउन अपिल समेत गरेका छन्  । कार्यक्रममा नेपाली कांग्रेसका सभापति रुद्रबहादुर खड्का ,सांसद तिर्थ लामा ,नेताहरु देबि प्रसाद न्यौपाने,ईश्वर मानन्धर, बर्मा लामा ,बिनिता काफ्ले, जयराम श्रेष्ठ, छबि लामा, सन्तोष रिमाल, लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।