पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मिसेस् नेशनल आइकन–२०१७ हुदैँ, १४ जना विवाहित महिलाहरु प्रतिस्पर्धामा

radionepal

 

काठमाडौं । ‘मिसेस् नेशनल आईकन–२०१७’ यति बेला बजारमा चर्चाको बिषय बनेको छ । ब्राइट इन्टरटेनमेन्टले पहिलोपटक आयोजना गर्न लागेको यस गृहिणी सौन्दर्य प्रतियोगिताका प्रतियोगीहरु ताज आफ्नो शिरमा पार्न यतिखेर १४ जना विवाहित महिलाहरु प्रतिस्पर्धामा छन् । कोरियो ग्राफर कला सुब्बाले केही सतायता क्याटवाक लगायत आत्मविश्वासबारे विभिन्न प्रशिक्षण लिइरहेकी छिन् ।

आयोजक संस्थाका कोषाध्यक्ष तथा “मिसेस् मंगोल २०१६’’ कि विजेता सोनाम राईका अनुसार प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यहीे असोज १ गते जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न हुनेछ । ट्यालेन्ट सो भने भदौ २७ गते दिउसो १ बजे “रक हाउस’’ रातोपुलमा हुने छ । ट्यालेन्ट सो भने भदौ २७ गते दिउसो १ बजे “रक हाउस’’ रातोपुलमा हुने छ ।
यस सौन्दर्य प्रतियोगिताले गृहिणी महिलाहरूको ब्यूटी प्लस ब्रेनको परीक्षण गर्ने साथै व्याक्तिको आत्मविश्वास बढाऊने भएकाले यस कार्यक्रम आयोजना गरेकी बतायीन् । केही गरौ भनेर अघि बढ्न चाहाने र अबसर नपायकी महिलाहरू लाई यस कार्यक्रमको ज्यादै महत्तो छ । यस कार्यक्रम राष्ट्रीय लेबलको भए पनी पहिलो पटक आयोजना गरियको साथै प्रचारप्रचार कम भयकाले कम प्रतियोगी आयको बाताइन ।

प्रतियोगितामा अरुणा शेर्पा, जेनिफर बज्रचार्य, तुलसा आङ्देम्बे, केशु गुरुङ लामा, खेमुहाङ राई, प्रतिभा राई, सविता राई प्रयास, सविता पोखरेल, सानुमाया प्रजापति, शर्मिला तामाङ, शोभा श्रेष्ठ, स्मृति राई, सहिदा ओझा र सिता थापा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगितामा शीर्ष विजेतालाई स्कुटर र क्रमश फस्ट, सेकेण्ड , थर्ड , फोर्थ रनर अप लगायत मिसेस् ट्यालेनट,मिसेस् इन्टेलिजेन्ट, मिसेस् क्याटवक, मिसेस् व्युटिफुल कम्लेक्स, मिसेस् फ्रेन्ड्ली, मिसेस् पञ्चुयल, मिसेस् डिसिप्लिन, मिसेस् बेस्ट ड्रेस, मिसेस् स्टाईलिस, मिसेस् पर्सनालिटि, मिसेस् फोटोजेनिक, मिसेस् बेस्ट स्माईल, मिसेस् पपुलर, मिसेस् स्मार्ट, मिसेस् एक्टिभ लगायतका सब टाइटल साथै नगद समेत प्रदान गर्ने आयोजक संस्थाका कोषाध्यक्ष तथा “मिसेस् मंगोल नेपाल २०१६’’ कि विजेता सोनाम राईले बताइन । उनका अनुसार यस प्रतियोगिता लगत्तै ब्राइट इन्टटेनमेन्टले ‘मिस नेशनल आईकन २०१७’ यही मङ्सिर महीनामा आयोजना गर्दैछ । ब्राइट इन्टरटेनमेन्ट संस्थाको अध्यक्ष भने धनिराम राई रहेको छ ।